बुधबार, भदौ १०, २०८३

कांग्रेस झनै बलियो : निधि, टुटेको नाता जोडियो : थापा

कांग्रेस उपसभापति विमलेन्द्र निधिले सुनिल थापासहितका नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेपछि पार्टी झनै बलियो शक्ति बनेको बताएका छन्।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

काठमाडौं‌- कांग्रेस उपसभापति विमलेन्द्र निधिले सुनिल थापासहितका नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेपछि पार्टी झनै बलियो शक्ति बनेको बताएका छन्।

राप्रपा छोडेर कांग्रेस प्रवेश गरेका सुनिल थापा लगायतका नेता–कार्यकर्ताहरुलाई पार्टी मुख्यालय सानेपामा स्वागत गर्दै निधिले कांग्रेसमा अझै अन्य दलका थुप्रै नेता कार्यकर्ता प्रवेश गर्ने तयारी रहेको दाबी गरे।

'धेरै पहिले देखि नै उहाँहरु कांग्रेस प्रवेश गर्नेबारे छलफल भइरहेको थियो, भर्खर उहाँहरु आउनुभएको छ। नेपाली कांग्रेस झन् बलियो भएको छ,' उपसभापति निधिले भने।

थापालाई नेपाली कांग्रेसमा प्रवेश गराउनका लागि वार्ताको जिम्मेवारी सभापति देउवाले निधिलाई नै तोकेका थिए।

फेरि नाता जोडियो

नेपाली कांग्रेस प्रवेश गरेका थापाले कांग्रे प्रवेशपछि आफूलाई अपार हर्ष लागेको बताएका छन्।

पार्टि प्रवेस कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसबाटै मुलुकको हित हुने भएकोले आफू प्रवेश गरेको बताए।

राप्रपाभित्र छुट्टै समूहमा रहेर देश र जनताप्रतिको उदरदायित्व वहन हुन नसक्ने देखेपछि आफू कांग्रेस प्रवेस गरेको उनले बताए। विभिन्न जिल्लाका नेता कार्यकर्तासँग पनि छलफल भइरहेको उनीहरु सबैलाई चाँडै कांग्रेस प्रवेश गराइने थापाको भनाई छ।

उनले नेपाली कांग्रेसका नेता कार्यकर्तातर्फ संकेत गर्दै भने, 'म तपाईंहरुको भाग खोस्न होइन साथमा अघि बढ्न आएको हुँ। मलाई सारै गौरव लागेको छ। मेरो परिवार र कांग्रेसको सम्बन्ध धेरै पुरानो हो। लामो समय नाता टुटेको थियो आज फेरि जोडिएको छ।'

 

उनले देशभरकै लोकतान्त्रिक शक्तिलाई नेपाली कांग्रेसमा समाहित हुन पनि आह्वान गरेका थिए। 

प्रकाशित: Jul 28, 2020| 17:10 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।