बुधबार, भदौ १०, २०८३

काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

काठमाडौं-  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण देखिएमा काठमाडौंका ४८ जना, भक्तपुरका १ जना र ललितपुरका ४ जना छन्।

योसहित काठमाडौंमा ३३७ जना, भक्तपुरमा ५२ जना र ललितपुरमा ८९ जनामा काेराेना संक्रमण भएकाे छ। 

यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप ३११ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने संक्रमितको कुल संख्या १९ हजार ६३  पुगेको छ।

पछिल्लो २४ घण्टामा १२१ डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या १३ हजार ८७५ पुगेको छ।

हाल सक्रिय संक्रमित ५ हजार १३९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन्।

प्रकाशित: Jul 28, 2020| 16:38 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।