मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट फिर्ता बोलायो राजदूत

फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट फिर्ता बोलायो राजदूत

फ्रान्सले अमेरिका र अस्ट्रेलियाका लागि आफ्ना राजदूतहरुलाई फिर्ता बोलाएको छ।
 |  शनिबार, असोज २, २०७८

बीबीसी

बीबीसी

शनिबार, असोज २, २०७८

पेरिस- फ्रान्सले अमेरिका र अस्ट्रेलियाका लागि आफ्ना राजदूतहरुलाई फिर्ता बोलाएको छ। अस्ट्रेलिया, बेलायत र अमेरिका (ओकस) ले गरेको सुरक्षा सम्झौताप्रति आपत्ति जनाउँदै आएको फ्रान्सले अमेरिका र अस्ट्रेलियाका लागि आफ्ना राजदूतहरुलाई फिर्ता बोलाएको बीबीसीले जनाएको छ। 

फ्रान्सले विचार विमर्श गर्नका लागि आफ्ना राजदूत फिर्ता बोलाएको बताएको छ। फ्रान्सको विदेश मन्त्रालयले पछिल्लो समय विकसित स्थितिको असाधारण गम्भीरतालाई ध्यानमा राख्दै असाधारण फैसला लिनु उचित भएको जनाएको छ। 

हिन्द-प्रशान्त क्षेत्रमा चीनको प्रभाव ‘रोक्न’ अमेरिका, बेलायत र अस्ट्रेलियाबीच एक विशेष सुरक्षा सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार अस्ट्रेलियालाई एक विशेष रक्षा प्रविधि उपलब्ध गराइने भएको छ। 

यही सम्झौता अनुसार अस्ट्रेलियाले फ्रान्सेली डिजाइनमा पनडुब्बी खरिद गर्ने सम्झौता पनि रद्द गरेको छ। अस्ट्रेलियाले जलसेनाका लागि सन् २०१६ मा १२ वटा पनडुब्बी निर्माणका लागि फ्रान्ससँग सम्झौता गरेको थियो। उक्त सम्झौता करिब ५० अर्ब अस्ट्रेलियन डलर बराबरको थियो।

उक्त सम्झौता खारेज भएपछि फ्रान्स आक्रोशित भएको हो। यसअघि फ्रान्सले सम्झौता खारेज गर्ने अस्ट्रेलियाको निर्णय ‘दूर्भाग्यपूर्ण’ भएको प्रतिक्रिया दिएको थियो। 

kumari

चीनलाई काउन्टर दिनका लागि भएको उक्त सुरक्षा सम्झौताप्रति चीनले पनि आक्रोश व्यक्त गरेको छ। चीनले उक्त सम्झौता अति नै गैरजिम्मेवार भएको आरोप लगाएको थियो। 

चीनसँग प्रतिद्वन्द्विता बढिरहेका बेला अमेरिकाले अस्ट्रेलिया र बेलायतसँग नयाँ गठबन्धन बनाएको हो। गत बुधबार भर्चुअल बैठकमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले उक्त सम्झौताको घोषणा गरेका हुन्।

‘ओकस’ नाम दिइएको उक्त सम्झौतामा आर्टिफिसियल इन्टेलिजेन्स्, क्‍वान्टम टेक्नोलोजी र साइबर सुरक्षाका विषयलाई समेट्ने बताइएको छ।

यो सम्झौता विशेषगरी उच्च रक्षा प्रविधिको साझेदारीसँग सम्बन्धित छ। हिन्द–प्रशान्त महासागर क्षेत्रमा चीनको बढ्दो प्रभाव र सैन्य उपस्थितिलाई लिएर तीन देश चिन्तित भएको समयमा उक्त सम्झौता भएको हो। 


प्रकाशित: Sep 18, 2021| 20:46 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।