बेइजिङ- इन्टरनेटको फ्रि इन्साइक्लोपेडिया वेबसाइट विकिपिडियाले चीनले 'घुसपैठ' गर्न खोजेको आरोप लगाएको छ। चीनले विकिपिडियाको जग हल्लाउने कोशिस गरेको विकिपिडियाको आरोप छ।
विकिपिडियाका सञ्चालक तथा अमेरिकी गैर-नाफामुलक संस्था विकिमिडिया फाउन्डेसनले चीनले घुसपैठ गर्न खोजेको आरोप लगाएको हो। विकिमिडिया फाउन्डेसनले बीबीसीलाई भन्यो, 'विकिपिडियाको जगमा खतरा पुगेको छ। यसकारण फाउन्डेसनले चीनका सात सम्पदामाथि प्रतिबन्ध लगाएको छ।'
विकिमिडिया फाउन्डेसनले उक्त सम्पदासँग सम्बन्धित समूहलाई बदनाम गर्न खोजेको चीनको आरोप छ। यता विकिमिडिया फाउन्डेसनकी उपाध्यक्ष म्यागी डेनसले वालेटियर्सलाई पठाएको एक नोटमा भनेकी छन्, 'यस्तो अवस्था यसअघि कहिल्यै देखिएको थिएन।'
विकिमिडियाले विगत एक वर्षदेखि चिनियाँ भाषाको विकिपिडियामा भइरहेको घुसपैठको अनुसन्धान गरिरहेको जनाएको छ। तर, पछिल्लो समय देखिएको खतराले यस कुरालाई सार्वजनिक गर्न बाध्य पारेकोसमेत उनले बताएकी छन्।
उनले फाउन्डेसन कब्जाको खतरासँग लडिरहेकोसमेत बताएकी छन्। एक समूहले विकिपिडियाको सम्पादनमा नियन्त्रण गरेको खुलेको बताएकी छन्। उक्त समूहले गलत सूचना राख्ने र भ्रम फैलाउनका लागि एक टीम नै बनाएको पाइएको जनाइएको छ।