बुधबार, भदौ १०, २०८३

दार्चुलामा पहिरोले घर भत्किदा दम्पती च्यापिए

दार्चुलाकाे दुहुँ गाउँपालिका–३ सल्लीमा पहिरोले घर भत्किदा दम्पती च्यापिएका छन्।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

दार्चुलामा पहिरोले घर भत्किदा दम्पती च्यापिएका छन्।

दुहुँ गाउँपालिका–३ सल्लीमा मगलबार बिहान पौने ५ बजे पहिरोले घर भत्किदा ५० वर्षीय रामदत्त जोशी र उनकी पत्नी ४५ वर्षीया इन्द्रा च्यापिएका हुन्। उनीहरु घर भित्रै पुरिएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घरमाथिबाट गएको दार्चुला टिंकर सडक भत्किएपछि पहिरो गएको प्रहरीले जनाएको छ।घरमै रहेका २१ वर्षीय सुनिल भने भाग्न सफल भएको वडाध्यक्ष लालबहादुर वमले जानकारी दिए।

सोमबार रातिदेखि निरन्तर भएको वर्षासँगै पहिरो आएको हो । पहिराले घर पुरेको छ भने पर्खाल मात्रै देखिएको छ ।

पहिरोमा परि १ भैसी र ४ वटा बाख्रा पुरिएका छन् । अहिले पनि निरन्तर पानि परेको कारण उद्धारमा कठिनाई भएको वडाध्यक्ष वमले बताए।

घट्नास्थलमा प्रहरी चौकी ब्रह्मदेवबाट ५ जनाको टोली खटिएको छ भने जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक भाष्कर चन्द नेतृत्वको टोली घट्नास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए।

प्रकाशित: Jul 28, 2020| 08:15 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।