बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकैसाथ दुई मौसम प्रणाली भित्रियो, तीन दिन भारी वर्षाको सम्भावना

एकैसाथ दुई मौसम प्रणाली भित्रियो, तीन दिन भारी वर्षाको सम्भावना

एकैसाथ दुई मौसम प्रणाली भित्रिएसँगै आजबाट देशका विभिन्न ठाउँमा भारी वर्षा हुने भएको छ ।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

काठमाडौं- एकैसाथ दुई मौसम प्रणाली भित्रिएसँगै आजबाट देशका विभिन्न ठाउँमा भारी वर्षा हुने भएको छ। भोलि (बुधबार) र पर्सी (बिहीबार) धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

न्यून चापीय रेखा नेपाल नजिकै रहेको तथा अरब सागबाट पनि जलवाष्पयुक्त हावा भित्रिएसँगै धेरै भारी वर्षाको सम्भावना बढेको हो। दुईवटा मौसम प्रणालीका कारण यसपटक यसअघिको भन्दा बढी वर्षा हुने महाशाखाले अनुमान गरेको छ।

५० मिलिमिटर भन्दा बढी वर्षा भएको अवस्थालाई भारी वर्षा भनिन्छ भने १०० मिलिमिटरभन्दा बढी वर्षा भएको अवस्थालाई धेरै भारी वर्षा भनिन्छ।

महाशाखाका अनुसार आज देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना छ।

यस्तै हिजो (सोमबार) प्रदेश १ का धेरै स्थानमा वर्षा भएको छ भने त्यहाँका एक–दुई ठाउँमा भारी वर्षासमेत भएको थियो। यस्तै गण्डकी, सुदूरपश्चिम प्रदेशमा पनि सोमबार वर्षा भएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

उनका अनुसार आज (मंगलबार)देखि वर्षाको मात्रा बढ्ने छ भने भोलिबाट झनै ठूलो वर्षाको सम्भावना छ। अहिले प्रदेश १, काठमाडौं उपत्यकालगायत देशका केही स्थानमा वर्षा भइरहेको उनले जानकारी दिए।

 

यस्तो हुनेछ आगामी ती दिनको मौसम

साउन १३ गते (मंगलबार)

दिउँसोः देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरुमा तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राति: देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, र सुदुर पश्चिमका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशको एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

साउन १४ गते (बुधबार)

दिउँसोः देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। छ।प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

राति: देशभर साधारणतया देखि अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। छ।गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

साउन १५ गते (बिहिबार)

दिउँसोः देशभर साधारणतयादेखि अधिकांश बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

राति: देशभर साधारणतया देखि अधिकांश बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, प्रदेश ५, र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Jul 28, 2020| 07:49 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।