बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानमा खुले माध्यमिक विद्यालय, छात्रा भने जान नपाउने

अफगानिस्तानमा खुले माध्यमिक विद्यालय, छात्रा भने जान नपाउने

तालिबानको कब्जामा रहेको अफगानिस्तानमा एक महिनापछि माध्यमिक विद्यालय खुला गरिएका छन्। तालिबान सरकारको शिक्षा मन्त्रालयले शुक्रबार सबै पुरुष शिक्षाहरुलाई काममा फर्किन आदेश दिएको छ।
 |  शनिबार, असोज २, २०७८

बीबीसी

बीबीसी

शनिबार, असोज २, २०७८

काबुल- तालिबानको कब्जामा रहेको अफगानिस्तानमा एक महिनापछि माध्यमिक विद्यालय खुला गरिएका छन्। तालिबान सरकारको शिक्षा मन्त्रालयले शुक्रबार सबै पुरुष शिक्षाहरुलाई काममा फर्किन आदेश दिएको छ। 

National life

मन्त्रालयले सातदेखि १२ कक्षासम्मका पढाइ सुरु हुने जनाएको छ। छात्रहरुका लागि शुक्रबारदेखि विद्यालय खुला गरिने जनाएको सरकारले छात्राहरुका लागि भने कुनै निर्णय गरेको छैन। 

छात्राहरुलाई विद्यालय जान दिने अथवा नदिने भन्‍ने विषयमा भने कुनै निर्णय गरेको छैन। तालिबान सत्तामा छात्राहरु अब विद्यालय जान पाउने कि नपाउने अथवा घरभित्रै थुनिएर बस्‍नुपर्ने हो भन्‍ने कुनै स्पष्ट भइसकेको छैन। 

यसअघिको सन् १९९६ देखि २००० सम्म तालिबानको पहिलो शासनकालमा छात्राहरुका लागि विद्यालय जान प्रतिबन्ध लगाइएको थियो भने महिलाहरुले पनि एक्लै घरबाहिर निस्किन नपाउने प्रावधान लागु गरिएको थियो। 

तालिबानले छात्रहरुका लागि मात्रै विद्यालय खुलाउने निर्णय गरेपछि महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संयुक्त राष्ट्र संघीय संस्था यूनीसेफले अफगानिस्तानमा किशोरीको भविष्य गम्भीर चिन्ताको विषय भएको जनाएको छ। 

kumari

युनिसेफले भनेको छ, 'अफगानिस्तानमा महिला र किशोरीको भविष्य गम्भीर चिन्ताको विषय बनेको छ। बालिका तथा किशोरीहरुलाई पनि बिना रोकटोक विद्यालय जान दिनुपर्छ।' 


प्रकाशित: Sep 18, 2021| 20:10 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।