बुधबार, चैत ११, २०८२

'कोरोना महामारी गम्भीर आपतकालीन स्थितिमा'

कोरोना संक्रमणको ‘हटस्पट’ अहिले अमेरिका छ। विश्वभरका कोरोना संक्रमितमध्ये करिब २० प्रतिशत अमेरिकामा छन्।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमण विश्वभरका लागि अहिलेसम्मकै गम्भीर आपतकालीन स्थितिमा पुगेको बताएको छ।

National life

कोरोना महामारीको चपेटामा परेर ज्यान गुमाउनेको संख्या ६ लाख ५० हजार नाघेपछि डब्लुएचओले यस्तो बताएको हो। यो भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ६३ लाख नाघेको छ।

उता अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाबाट संक्रमित हुने उनी अहिलेसम्मका सबैभन्दा शीर्ष अमेरिकी अधिकारी हुन्।

कोरोना संक्रमणको ‘हटस्पट’ अहिले अमेरिका छ। विश्वभरका कोरोना संक्रमितमध्ये करिब २० प्रतिशत अमेरिकामा छन्।

हङकङमा दैनिक संक्रमण उच्च भएको छ। स्थिति बिग्रँदै गएपछि त्यहाँ लकडाउन कडाइका साथ लागू गरिएको छ।

Laxmi sunrise bank
kumari

उता स्पेनमा कोरोना संक्रमण फेरि बल्झिएको छ। यद्यपि, उसले पर्यटकका लागि स्पेन सुरक्षित रहेको दाबी गरेको छ। बेलायतले स्पेनबाट फर्कनेका लागि १४ दिनको क्वारेन्टिन अनिवार्य गरिदिएको छ। यसले स्पेनको पर्यटन उद्योगलाई असर पर्ने देखिएको छ।

कोरोनाबाट अहिलेसम्म बचिरहेको उत्तर कोरियामा पनि पहिलो संक्रमण देखिएको बताइएको छ। त्यहाँको सरकारी मिडियाका अनुसार दक्षिण कोरियाबाट फर्केका एक व्यक्तिमा संक्रमण देखिएको हो।

प्रकाशित: Jul 28, 2020| 06:20 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्