काठमाडौं- झापाको दशगजा क्षेत्रबाट एक हजार ४७० केजी सुपारी सोमबार बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, झापाको टोलीले मेचीनगर नगरपालिका-४, प्रसादगौडास्थित नेपाल-भारत दशगजा क्षेत्रबाट लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको सुपारी बरामद गरेको हो।
बरामद गरिएको सुपारी काँकडभिट्टास्थित मेची भन्सार कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय, झापाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
उक्त सुपारीको अन्दाजी मूल्य चार लाख ४१ हजार रहेको प्रहरीले जनाएको छ।