काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाशास्त्र संकायको परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन हुने भएको छ।
त्रिविको शिक्षाशास्त्र संकायको परीक्षा नियन्त्रण महाशाखाले सोमबार सूचना जारी गरि स्नातक र स्नातकोत्तर तहको परीक्षा भदौ चौथो (अन्तिम) सातादेखि असोज तेस्रो सातासम्म सञ्चालन हुने जनाएको छ।
जसअन्तर्गत स्नातक तहको (खुला तथा दूर सिकाईअन्तर्गत २ सेमेस्टरको सामाजिक अध्ययन शिक्षा)को प्रथम सेमेस्टर र स्नातकोत्तर तहको (खुला तथा दूर सिकाईअन्तर्गत २ सेमेस्टरको विज्ञान शिक्षा)को प्रथम सेमेस्टरको परीक्षा भदौ चौथो साताबाट हुने उल्लेख छ।
यसैगरी, स्नातक तहको आठौं सेमेस्टर र स्नातकोत्तर तहको दोस्रो सेमेस्टरको परीक्षा असोज पहिलो साताबाट, स्नातक तहको पहिलो र छैठौं सेमेस्टरको परीक्षा असोज तेस्रो साताबाट र स्नातकोत्तर तहको चौथो सेमेस्टरको परक्षिा असोज चौथो साताबाट हुने भएको छ।
परीक्षाको विस्तृत तालिका पछि प्रकाशित गरिने परीक्षा नियन्त्रण महाशाखाले जनाएको छ।