बुधबार, भदौ १०, २०८३

सुनसरीका सय किसानलाई ७५ लाखको कृषि सामग्री

सुनसरीका सय किसानलाई ७५ लाख रुपैयाँ बराबरको कृषि सामग्री सोमबार वितरण गरिएको छ।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

विराटनगर– सुनसरीका सय किसानलाई ७५ लाख रुपैयाँ बराबरको कृषि सामग्री सोमबार वितरण गरिएको छ।

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले कोशी गाउँपालिका–७, हरिपुरका किसानलाई कृषि सामग्री हस्तान्तरण गरे।

वितरण गरिएको मेसिनरी सामानमा ७५ प्रतिशत अनुदान र ट्याक्टरमा ५० प्रतिशत छुट छ। किसानलाई त्रिपाल, कोदालो र स्प्रे मेसिन सय/सय थान, बोरिङ २५ थान, पम्प सेट १५ थानसँगै कीटनासक औषधि र जैविक मल पनि वितरण गरिएको छ।

मन्त्री कुसियतको पहलमा मकै ब्लक सञ्चालक समितिलाई सो सामग्री हस्तान्तरण गरिएको हो। कृषि ज्ञान केन्द्र, सुनसरीले प्रधानमन्त्री कृषि आधुनिकीकरण ब्लक परियोजनाको सहयोगमा हरिपुरमा मकै ब्लक कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रममा सय किसान आवद्ध छन्।

 

 

प्रकाशित: Jul 28, 2020| 05:24 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।