काठमाडौं– बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
काठमाडौंमा ३, ललितपुरमा ३ र काभ्रेमा एक जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। योसहित बागमतीमा कोरोना भाइरस संक्रमितको संख्या ९३० पुगेको छ। मन्त्रालयका अनुसार प्रदेशका दुई जिल्ला भने कोरानामुक्त भएका छन्।
संक्रमितमध्ये ५१७ जना कोरोनामुक्त भएका छन्। यस्तै उपचार गराइरहेकाको संख्या ४०३ छ। बागमतीमा कोरोना भाइरसबाट १० जनाको ज्यान गएको छ।
सोमबारसम्म काठमाडौंमा २८९, ललितपुरमा ८५ र भक्तपुरमा ५१ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
यस्तै रसुवामा ११, नुवाकोटमा ३७, धादिङमा १३० र चितवनमा १२२ जनामा कोरोना संक्रमण भएको छ। सिन्धुलीमा २४, मकवानपुरमा ४५, रामेछापमा ३५, दोलखामा १० काभ्रेमा २२ र सिन्धुपाल्चोकमा ६९ जना संक्रमित भएका छन्।
यसमध्ये संक्रमित ११ जना अस्पतालबाट डिस्चार्ज भएपछि रसुवा कोरोनामुक्त भएको छ। यस्तै सिन्धुपाल्चोक पनि कोरोनामुक्त भएको छ।