माछापुच्छ्रे बैंक लि. र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको ऋणको साँवा तथा व्याज कनेक्ट आइपिएस मार्फत भुक्तान गर्न सक्ने गरी सहमति भएको छ ।
कर्मचारी सञ्चय कोषबाट कर्जा लिएका ऋणीहरूले साँवा र ब्याजसहितको किस्ता रकम विद्युतिय माध्यमबाट भुक्तानी गर्न सक्ने गरि भएको सम्झौतापत्रमा माछापुच्छ्रे बैंक लि. का नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने तथा कर्मचारी सञ्चय कोषको तर्फबाट चिफ म्यानेजर अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका थिए।
सम्झौतापछि अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता भएका कर्मचारी सञ्चय कोषका ऋणीहरूले कनेक्ट आइपिएस अनलाईन पोर्टलमा लगइन गरेपश्चात् गभरमेन्ट पेमेन्ट अन्तर्गत कर्मचारी संचयकोषको आइकनमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् ।
नयाँ व्यवस्था अनुसार बैंक नपुगिकन जुनसुकै ठाउँबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने छ ।