केप टाउन- जीवनको सुरुवाती वर्षदेखि नै मुवुंबी नेड्जालाले एक व्यक्तिसँग मात्रै गरिने विवाह परम्पराविरुद्ध प्रश्नहरु उठाउने गर्थिन्।उनले सधैं आफ्ना बुबाआमासँग सोध्ने गर्थिन् - के तपाईं बाँकी जिन्दगी पनि एकसाथ रहनु हुन्छ?
उनले बीबीसीसँगको कुराकानीमा भनिन्, 'मलाई हाम्रो जीवनमा आएका व्यक्तिहरु मौसमजस्तै परिवर्तन हुनपर्छ भन्ने लाग्थ्यो।' तर, उनको आसपासमा भने एक व्यक्तिसँग नै जीवन बिताउनुपर्ने र सम्बन्ध राख्नुपर्ने सिकाइन्थ्यो। चलचित्रहरु र चर्चहरुमा पनि यही कुरा भनिन्थ्यो। उनले भने यो कुरा पूरा रुपमा बुझ्न सकिनन्।
अहिले मुवुंबी ३३ वर्षकी भइन्। अहिले उनले एकभन्दा बढी सम्बन्धमा भएको महिलाको पहिचान बनाएकी छन्। उनलाई सम्बन्धमा कुनै बन्धन हुनुपर्छ भन्ने मान्यता राख्दिनन्।
यति मात्र नभइ उनी दक्षिण अफ्रिकामा यस्तो समुदायको हितको रक्षाका लागि आजाव उठाउँछिन्। उनले भनिन्, 'अहिले मेरो एक पार्टनर छ। जोसँग अहिले म इंग्गेज छु र हाम्रो बच्चा पनि छ। मेरो अर्को पार्टनर हाम्रो यो सम्बन्धलाई लिएर निकै खुसी छ। मेरो मुख्य पार्टनर विवाह गर्न चाहँदैन। तर, भविष्यमा मैले यस्तो विवाहको कल्पना गरेकी छु कि जसमा एकसाथ म एकभन्दा बढी पुरुषसँग विवाह गर्न सकूँ।'
दक्षिण अफ्रिकाको संविधान विश्वभरका संविधानभन्दा उदारवादी मानिन्छ। यहाँ समलैंगिक विवाहका अलावा पुरुषहरुलाई एकभन्दा बढी पत्नी राख्ने अनुमति पनि दिइएको छ।
मुलुकमा अब विवाहसम्बन्धी कानुनलाई परिमार्जन गर्नुपर्ने माग उठिरहेको छ। महिलाहरुले पनि एकसाथ एकभन्दा बढी पुरुषहरुसँग विवाह गर्न पाउनुपर्ने माग राखेका छन्। यो माग पूरा गर्नुपर्ने दबाबमा सरकार रहेको छ।
तर, मुलुकमा रहेको कन्जरभेटिभ समाजले भने यसको आलोचना गरिरहेको छ। चार पत्नीका श्रीमान मुसा मुस्लेकेऊले भने, 'यस्तो कानुनले हाम्रो अफ्रीकी संस्कृतिलाई नोक्सा हुनेछ। उनीहरुबाट जन्मिएका बच्चाको अवस्था के हुन्छ ? ती बच्चाहरुको पहिचान के हुन्छ? महिलाहरु पुरुषको स्थान लिन सक्दैनन्। त्यसकारण बहुपति प्रथा लागु गरिनु हुँदैन।'
तर, मुवुंबीलाई भने यो परम्परालाई तनावपूर्ण भएको बताउँछन्। उनले भनिन्, 'अहिलेसम्म पुरुषहरुले खुल्याम खुसी-खुसी बहुविवाह गरिरहेका छन्। तर, महिलाहरुले बहुपति विवाह गरेमा लज्जाबोध हुनुपर्ने? यससँगै अन्य धेरै कुराहरु परिवर्तन गरिनुपर्छ।'
विगत १० वर्षदेखि मुवुंबी खुल्याम कयौं सम्बन्धमा छन्। यस्ता व्यक्तिहरुलाई स्थानीय भाषामा पालि भनिने गरिन्छ। हाल मुवुंबीका दुई पार्टनर छन्। जसमा दुबै पार्टनरहरु एक दोस्रोको सम्बन्धको बारेमा पनि जानकार छन्। उनले यस्तो खुलापन हुनुपर्ने बताएकी छन्।
त्यसैगरि दक्षिण अफ्रिकाका जेण्डर एक्टिभिस्टहरुले पनि बहुपति विवाहलाई वैधता दिनुपर्ने भन्दै अभियान चलाइरहेका छन्। हालको व्यवस्था अनुसार पुरुषहरुलाई मात्र बहुविवाह गर्ने छुट दिएको छ।