सोमबार, मंसिर २९, २०८२

कांग्रेसले तयार पार्‍यो प्रशिक्षण पुस्तिका

नेपाली कांग्रेसले पार्टी प्रशिक्षणका लागि पुस्तिका तयार गरी सार्वजनिक गरेको छ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

काठमाडौं- नेपाली कांग्रेसले पार्टी प्रशिक्षणका लागि पुस्तिका तयार गरी सार्वजनिक गरेको छ।

National life

पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टी सदस्य र आम रुपमा कांग्रेसबारे जानकारी लिन चाहने जो कोहीलाई पनि काम लाग्ने गरी पुस्तिका तयार गरेको प्रष्ठिानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहालले जानकारी दिए।

उनका अनुसार केही समयअघि नै आउनुपर्ने पुस्तिका कोरोना भाइरसको महामारीका कारण ढिला भएको हो। हाललाई नेपाली कांग्रेसको वेबसाईटमा राखिएको यो पुस्तिका निकट भविस्यमा पुस्तककै रुपमा प्रकाशन गरिने जनाइएको छ।

यो पुस्तिकामा नेपाली कांग्रेसको प्रारम्भ, यसका आदर्श, सिद्धान्त, नीति र कार्यक्रम, पार्टीको इतिहास र योगदान, पार्टी नेतृत्वको सरकारले प्राप्त गरेका उपलव्धी, आर्थिक–सामाजिक नीतिहरु, परराष्ट्र सम्बन्ध, कम्युनिष्ट नेतृत्वको सरकारको मूल्यांकन, साम्यवाद र लोकतन्त्रकाबीचको भिन्नता, कम्युनिष्ट पार्टी र अरु पार्टीसँग नेपाली कांग्रेसकाबीच भिन्नता, आगामी दिनमा कांग्रेसले गर्ने र गर्नसक्ने योजना आदि विषयहरु समावेश गरिएको प्रतिष्ठानले जनाएको छ।

पुस्तिकामा पार्टीको विधान र प्रशिक्षणकलाबारे समेत अध्ययन सामग्री प्रस्तुत गरिएको हुँदा यसबाट पार्टी पंक्ति र जिज्ञासुहरुले आवश्यक जानकारी लिन पाउने प्रष्ठिानको विश्वास छ।

Laxmi sunrise bank
kumari

पुस्तिका www.nepalicongress.org भित्र गई Central Policy, Research and Training Academy मार्फत हेर्न सकिने प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: Jul 27, 2020| 17:42 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।