बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य मन्त्रालयले भन्यो- जीवनशैली सामान्य बनाउने अवस्था छैन

स्वास्थ्य मन्त्रालयले भन्यो- जीवनशैली सामान्य बनाउने अवस्था छैन

मन्त्रालयले हाल देशका केही ठाउँमा एकै समयमा धेरै कोरोना संक्रमित भेटिए पनि समुदायमा फैलिइसकेको प्रमाणित नभएको स्पष्ट पारेको छ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले जीवनशैली अझै सामान्य बनाउने अवस्था नरहेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित पत्रकार सम्मेलनमा भने, 'कोरोना संक्रमणको जोखिम यथावत् रहेको हामीले बिर्सनु हुँदैन। हाम्रो जीवनशैली अझै सामान्य हुने बेला भएको छैन। हाम्रो देशमा कोरोना संक्रमणको जोखिम उत्तिकै छ।'

मन्त्रालयले हाल देशका केही ठाउँमा एकै समयमा धेरै कोरोना संक्रमित भेटिए पनि समुदायमा फैलिइसकेको प्रमाणित नभएको स्पष्ट पारेको छ।

बन्दबन्दी अन्त्यपछि सहरबजारमा भीड बाक्लिएको छ। सार्वजनिक सवारीसाधन आवतजावत गर्नेको संख्या बढ्दै गएको छ। यस्तै लामो बन्दाबन्दीका कारण रोकिएका काम सकाउन लागिपर्नेको संख्या धेरै देखिएको छ। धेरैजना काममा फर्किएका छन्।

गौतमले भने, ‘सहरबजारमा चहलपहल बढेका कारण कतिपयलाई घरबाट बाहिर जान अवश्यै मन लागेको होला। साथीभाइ, नातेदारसँग रमाइलो भेटघाट गरी चाडपर्व मनाउन हामी उत्सुक भइरहेका छौं। तर जीवनशैली सामान्य बनाउने अवस्था छैन।’

मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठनले नेपाललाई ठाउँ विशेषमा कोभिड १९ ठाउँ विशेषमा कोरोना संक्रमण भएको मुलुकको सूचीमा राखेको छ। यसबारे स्थानीय तहबाट खोजपडतालका काम भइरहेको गौतमले बताए।

उनले भने, ‘ त्यसैले कोरोना भाइरस संक्रमणलाई थप फैलन नदिन सबैले उच्च सतर्कता अपनाउन जरुरी छ।’

प्रकाशित: Jul 27, 2020| 17:32 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।