बुधबार, भदौ १०, २०८३

लकडाउनमा फस्टायो अनलाइन ठगी

काठमाडौं– सामान होम डेलिभरी गर्ने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

काठमाडौं– सामान होम डेलिभरी गर्ने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

विभिन्न व्यक्तिलाई घरमै सामान पुर्‍याउने भनेर रकम ठगी गर्ने धनुषा सवैला गाउँपालिका–३ सवेला घर भई ललितपुर–५ इमाडोल बस्ने २४ वर्षीय धिरज साहलाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न पाँच जना पीडितले दिएको उजुरीका आधारमा साहलाई पक्राउ गरेको जनाएको छ। महाशाखाका एसपी ईश्वर कार्कीले साहले सामान घरमै पुर्‍याउँछु भनेर पैसा लगेर ठगी गरेको उजुरीका आधारमा पक्राउ गरेको जानकारी दिए।

कार्कीका अनुसार साहले सामाजिक संजाल फेसबुक र इन्स्टाग्रामको प्रयोग गरी सामान होम डेलिभरी गर्ने नाममा दुई लाख ७९ हजार ९ सय १० रुपैयाँ ठगी गरेको खुलेको छ।

साहले दैनिक जीवनमा प्रयोग हुने सामानहरु होम डेलिभरीको लागि कुरियरमार्फत् अनलाइन सेवा दिने भन्दै ठग्ने गरेको खुलेको छ।

प्रहरीका अनुसार साहले दिल्लीबाट साडी, कुर्थालगायतका कपडाहरु ल्याएर होम डेलिभरी गर्ने भनेर एक जनाबाट ७७ हजार ७०० रुपैयाँ लिएर सामान नदिएको उजुरी परेको छ।

यस्तै सिको घडीका लागि भनेर साहलाई ४९ हजार पाँच सय ५० रुपैयाँ दिएकोमा सामान नपाएको उजुरी परेको छ। एडिडास कम्पनीको जेन्ट्स कपडा, जुत्ता होम डेलिभरीको लागि भनेर १४ हजार आठ सय ७५ रुपैयाँ पनि ठगेको खुलेको छ।

त्यसैगरी औषधि र मोबाइल घरमै पुर्‍याइदिने भनेर एक जनाबाट ७३ हजार ७८५ रुपैयाँ र अर्का एक जनालाई बेबी कार सिटका नाममा ई–सेवाबाट ९ हजार ठगेको महाशाखामा उजुरी परेको छ।

एसपी कार्कीले भारतमा रहेको ठगी समूहबाट साह परिचालित हुन सक्ने बताए। उनले साहबाट सामान होम डेलिभरीका नाममा थुप्रै व्यक्ति ठगीमा परेको हुन सक्ने आशंका गरेका छन्।

लकडाउनको समयमा होम डेलिभरीका नाममा सस्तोमा सामान घरमै उपलव्ध गराइदिने विश्वास दिलाएर थुप्रै मान्छे ठगीमा परेको उजुरी परेको महाशाखाले जनाएको छ।

‘सामाजिक सञ्जालमा राम्रो फोटो देखाएर सस्तो मूल्यमा महँगो सामान दिने प्रलोभनमा पारेर ठगी गर्ने क्रम लकडाउनमा निकै बढेको छ,’ कार्कीले भने, ‘सस्तोमा सामान घरमै पाउने प्रलोभनमा परी धेरै ठगिएका छन्।’

सामाजिक सञ्जालबाट भनेकै आधारमा विश्वासमा परेर सामान नपाउँदै अग्रिम पैसा दिन नहुने कार्कीले बताए। पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा पठाइएको महाशाखाले जनाएको छ।

 

 

प्रकाशित: Jul 27, 2020| 17:05 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।