बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२३ पुग्यो

काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२३ पुग्यो

काठमाडौं र ललितपुर जिल्लामा थप ३-३ जना गरी ६ जनामा कोरोना पुष्टि भएको छ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

काठमाडौं- काठमाडौं र ललितपुर जिल्लामा थप ३-३ जना गरी ६ जनामा कोरोना पुष्टि भएको छ। पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका ३ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै स्टार अस्पताल पाटनमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंज प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

योसहित काठमाडौंमा कोरोनाका कुल संक्रमितको संख्या २८८ पुगेको छ। ललितपुरमा संक्रमितको संख्या ८६ पुगेको छ भने भक्तपुरमा ४९ जनामा कोरोना पुष्टि भएको छ।

उपत्यकाका तीन जिल्लामा कोरोना पुष्टि हुनेको कुल संख्या ४२३ पुगेको छ।

प्रकाशित: Jul 27, 2020| 16:35 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।