बुधबार, भदौ १०, २०८३

आज १३९ जनामा कोरोना पुष्टि, ६२६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा १३९ जनामा कोरोना पुष्टि भएको छ। योसहित देशभर कोरोना पुष्टि हुनेको कुल संख्या १८ हजार ७५२ पुगेको छ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा १३९ जनामा कोरोना पुष्टि भएको छ। योसहित देशभर कोरोना पुष्टि हुनेको कुल संख्या १८ हजार ७५२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न ठाउँबाट ६२६ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ७५४ छ।

त्यस्तै, संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ। पछिल्लो पटक बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको हो।

कोरोनाका लक्षणहरुसहित त्रिवि शिक्षण अस्पताल महारागंजमा भर्ना भर्ना गरिएका उनी  निमोनिया, मस्तिष्क घात तथा मिर्गौलासम्बन्धी रोगबाट ग्रसित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै पर्साको वीरगंज महानगरपालिका वडा नं. १० निवासी एक ६५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। भारतीय नागरिक उनको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनी मुटुका बिरामी थिए।

त्यस्तै धनुषामा पनि एक जनाको मृत्यु भएको छ। जिल्लाको सहिदनगर नगरपालिका वडा न. ८ निवासी ३६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

केही दिनअघि उनमा ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने समस्या देखिएपछि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

त्यहाँ निको नभएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटैमा मत्यु भएको हो।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९५० छ।

प्रकाशित: Jul 27, 2020| 16:25 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।