बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'इनफ इज इनफ' काे सत्याग्रहप्रति राजनीतिज्ञ र नागरिक समाजकाे ऐक्यबद्धता

'इनफ इज इनफ' काे सत्याग्रहप्रति राजनीतिज्ञ र नागरिक समाजकाे ऐक्यबद्धता

केही राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाले इनफ इज इनफका युवा अभियन्ताको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएका छन्।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

काठमाडौं– केही राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाले इनफ इज इनफका युवा अभियन्ताको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएका छन्।

हाम्रो नेपाल सुशासन अभियानका तर्फबाट विज्ञप्ति जारी गर्दै उनीहरूले युवा अभियन्ताको जायज माग पूरा गर्न सरकारसँग माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘अभियानका युवाले उठाएका माग जायज छन्। हाम्रो नेपाल सुशासन अभियान यसमा पुनः ऐक्यबद्धता जनाउँछ।’

हाम्रो नेपाल सुशासन अभियानले यसअघि पनि युवाको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएको थियो।

सरकारले युवाका महत्त्वपूर्ण र जायज माग पूरा नगरेपछि अभियन्ता युवा दोस्रो पटक वसन्तपुरमा सत्याग्रहमा बसेका छन्।

युवा अभियन्ताले कोभिड–१९ को संक्रमण तथा महामारीबाट नेपालीलाई बचाउन र समस्या जटिल बन्नुअघि नै समाधानतर्फ उन्मुख हुन समाधानमुखी माग राखी सत्याग्रह (दोस्रो पटक) सुरु गरेको सोमबार १० दिन भएको छ।

इनफ इज इनफ अभियानले कोभिड–१९ को सबल व्यवस्थापन हुनुपर्ने, भ्रष्टाचारविरुध्द र पारदर्शिताका पक्षमा तथा गम्भीर आर्थिक र सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएको छ।

प्रधानमन्त्री केपी शर्मा आलीले सत्याग्रही युवालाई भेटी माग पूरा गर्ने वचन दिए पनि कार्यान्वयन हुन नसकेपछि अभियन्ता युवा फेरि सत्याग्रहमा बसेका हुन्।

इनफ इज इनफ अभियानको सत्याग्रहप्रति ऐक्यबद्धता जनाउनेमा विवेकशील पार्टीका अजिता राई र डा. दिनेश प्रसाईं, नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल र राप्रपाका जयन्त चन्द तथा वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र डा. सुरेन्द्र भण्डारी छन्।

यस्तै साझा पार्टीका शरदराज पाठक र विराजबहादुर बिष्ट, अधिवक्ता ओमप्रकाश अर्याल, कांग्रेस नेता एनपी साउद र प्रदीप परियार, फिल्मकर्मी मीनबहादुर भाम र नेत्री हिसिला यमीले ऐक्यबद्धता जनाएका छन्। 

संयुक्त विज्ञप्तिमा कन्चन झा, डा. प्रेमसिंह बस्न्यात र आशुतोष तिवारीले पनि हस्ताक्षर गरेका छन्।

प्रकाशित: Jul 27, 2020| 15:56 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।