बुधबार, भदौ १०, २०८३

प्रदेश १ मा ४ नर्ससहित २३ जना कोरोना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा सोमबार २३ जना कोरोना संक्रमित थपिएका छन् ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

विराटनगर– प्रदेश १ मा सोमबार २३ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५ महिला, २ पुरुष, रतुवामाईमा १२ पुरुष, झापाको बाह्रदशीमा २ पुरुष, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमणको संख्या ९ सय ४५ पुगेको छ । प्रदेश १ बाट ७ सय ४७ जना डिस्चार्ज भइसकेका छन् ।

प्रदेश १ मा सोमबार ५ सय १८ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा आज सम्म ४० हजार १८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताए ।

विराट नर्सिङ होमका ४ नर्स संक्रमित

विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । विराटनगरमा सोमबार पुष्टि भएका ७ संक्रमित मध्ये ४ जना विराट नर्सिङ होममा कार्यरत नर्स हुन् ।

यसअघि सो नर्सिङ होमका सञ्चालकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अहिले काठमाडौंमा उपचार भईरहेको छ ।

कोशी अस्पतालको एक वार्ड सिल

कोशी अस्पताल विराटनगरमा कार्यरत एक डाक्टर र एक नर्समा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ‘पोस्टनेटल वार्ड’ सिल गरिएको छ । आइतबार रातिदेखि कोशीकोे पोस्टनेटल वार्ड सिल गरी संक्रमित नर्सको सम्पर्कमा रहेकाहरूको स्वाव संकलन सुरू गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए ।

प्रदेश १ का कुन जिल्लामा कति ?

प्रदेश १ को झापा जिल्लामा सवैभन्दा बढी कोरोना संक्रमण देखिएको छ । झापामा ३ सय ४१, मोरङमा २ सय ६६, सुनसरीमा १ सय २७, उदयपुरमा ८६, इलाममा ३५, ओखलढुङ्गा र धनकुटामा १६–१६, खोटाङमा १२, ताप्लेजुङमा ११, तेह्रथुममा ८, पाँचथरमा ७, भोजपुरमा ६, सोलुखुम्वु र संखुवासभामा ५–५, प्रदेश १ बाहेकका जिल्लाका ४ जना गरी संक्रमितको संख्या ९ सय ४५ पुगेको छ ।

 

 

प्रकाशित: Jul 27, 2020| 15:52 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।