काठमाडौँ– निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को सिफारिसमा लीला सिटौलालाई प्रतिनिधिसभा सदस्यमा (समानुपातिकतर्फ) निर्वाचित भएको घोषणा गरेको छ।
पार्टीकी तत्कालीन सांसद सरिता गिरीलाई जसपाले निष्कासन गरेपछि रिक्त रहेको खस-आर्य समूहमा सिटौलालाई पार्टीले सांसद चयन गरेको हो ।
नयाँ नक्सा संशोधनको पक्षमा पार्टीले मतदान गर्न पार्टीले लगाएको ह्वीप अवज्ञा गरेको भन्दै जसपाले गिरीलाई कारबाही गरेको थियो।
गिरीले आफूमाथि गरिएको कारबाही असंवैधानिक भन्दै सर्वोच्चमा अन्तरिम आदेश माग गरेकी थिइन् । तर, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ।
जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठले सिटौला सांसद निर्वाचित भएको बताए । उनलाई सपथ खुवाउने तयारी भइरहेको छ ।