बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा थप ३१ जनामा कोरोना पुष्टि, १४ जना डिस्चार्ज

कर्णालीमा थप ३१ जनामा कोरोना पुष्टि, १४ जना डिस्चार्ज

कर्णाली प्रदेशमा आज ३१ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा दैलेखमा २८ जना, सुर्खेतमा एक जना र सल्यानमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा आज ३१ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा दैलेखमा २८ जना, सुर्खेतमा एक जना र सल्यानमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

दैलेख अस्पतालमा गरिएको परीक्षणमध्ये दुल्लु नगरपालिका वडा नं ६ का ११ जना, वडा नं. १० का १३ जना र वडा नं. १२ का चार जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै सुर्खेतको प्रदेश अस्पताल/पशुरोग अन्वेषण प्रयोगशालामा गरिएका परीक्षणमध्ये सुर्खेतको चिङ्गाड गाउँपालिकाका वडा नं. २ का एक जना र रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएका परीक्षणमध्ये सल्यानको कुमाख गाउँपालिका वडा नं. १ र ६ का एक–एक जनामा पनि संक्रमण पुष्टि भएको छ।

यो सँगै कर्णालीमा कुल संक्रमितको संख्या एक हजार नौं सय १० जना पुगेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यस्तै आजै प्रदेश अस्पतालबाट तीन जना, वीरेन्द्रनगर आइसोलेसन सेन्टरबाट १० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एक जना गरी कुल १४ जना डिस्चार्ज भएका छन्।

कर्णालीमा हालसम्म डिस्चार्ज हुनेको संख्या एक हजार ६५८ जना पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिए।

प्रकाशित: Jul 27, 2020| 15:23 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।