बुधबार, भदौ १०, २०८३

स्थायी कमिटी बैठक नरोक्ने दाहाल समूहको निष्कर्ष

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले मंगलबार बस्ने पार्टी स्थायी कमिटी बैठक नरोक्ने निष्कर्ष निकालेको छ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले मंगलबार बस्ने पार्टी स्थायी कमिटी बैठक नरोक्ने निष्कर्ष निकालेको छ।

बैठकको पूर्वसन्ध्यामा छलफल गर्न सोमबार बिहान खुमलटारमा भेला भएका सचिवालय सदस्य र केही स्थायी कमिटीका सदस्यहरुबीचको छलफलले स्थायी कमिटी नरोकेर अघि बढ्ने निष्कर्ष निकालेको हो।

‘नेताहरुबीच सहमति अहिलेसम्म बनेको छैन। बैठक स्थगित गरेर मात्रै हुँदैन,’ एक स्थायी समिति सदस्यले भने, ‘भोलिको बैठक नरोक्ने निष्कर्ष निकालिएको छ।’

यद्यपि दाहाल–नेपाल समूहले यसअघि पटकपटक स्थायी कमिटी नरोक्ने निष्कर्ष निकाले पनि अन्तिम समयमा आएर दुई अध्यक्षबीचको सहमतिमा भन्दै बैठक स्थगित हुँदै आएको छ।

सोमबारको खुमलटार भेलाले बहुमतका आधारमा निर्णय गर्ने निष्कर्ष निकालेको अर्का एक सदस्यले जानकारी दिए।

छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा र केही स्थायी कमिटीका सदस्य सहभागी थिए। उपाध्यक्ष वामदेव गौतम भने उपस्थित नभएको खुमलटार स्रोतले जानकारी दिएको छ।

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक अहिलेसम्म ८ पटक स्थगित भइसकेको छ। नेताहरु आआफ्नै अडानमा रहेका कारण असार १६ देखि अवरुद्ध बैठकमा सहमति जुट्न सकेको छैन।

दाहाल–नेपाल समूहले अर्का प्रधानमन्त्री एवम् अध्यक्ष ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चर्किएको हो। ओलीले भने कुनै पनि हालतमा आफूले दुवै पदबाट राजीनामा नदिने प्रस्ट पारिसकेका छन्।

प्रकाशित: Jul 27, 2020| 14:05 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।