बुधबार, भदौ १०, २०८३

बुवाको हत्या आरोपमा छोरा पक्राउ

मृतक शाहीको टाउको, आँखा र कोखामा गम्भीर चोट लागेको थियो । छोरा ऐनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी लालबहादुर धामीले जानकारी दिए ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

जुम्लामा एक युवाले आफ्नै बुवाको हत्या गरेका छन्।

कनकासुन्दरी गाउँपालिका वडा नं. ४ का ३२ वर्षे ऐनबहादुर शाहीले ७५ वर्षिय बुवा दानबहादुर शाहीको हत्या गरेकोे प्रहरीले बताएको छ।

आइतबार राति मदिरा सेवन गरेर घर पुगेका ऐनबहादुरले बुवालाई निर्घात कुटपिट गरेको बताइएको छ। कुटपिटबाट गम्भीर घाइते भएका शाहीलाई उपचारका लागि जिल्ला सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

मृतक शाहीको टाउको, आँखा र कोखामा गम्भीर चोट लागेको थियो । छोरा ऐनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी लालबहादुर धामीले जानकारी दिए ।

प्रकाशित: Jul 27, 2020| 13:59 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।