बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एसिड प्रहारबाट घाइते युवतीलाई अनेरास्ववियुद्वारा १० हजार आर्थिक सहयोग

एसिड प्रहारबाट घाइते युवतीलाई अनेरास्ववियुद्वारा १० हजार आर्थिक सहयोग

काठमाडौंको सितापाइलमा एसिड प्रहारबाट घाइते भएकी युवतीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुले आर्थिक सहयोग गरेको छ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

काठमाडौं- काठमाडौंको सितापाइलमा एसिड प्रहारबाट घाइते भएकी युवतीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुले आर्थिक सहयोग गरेको छ।

अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङ नेतृत्वको टोलीले आज बिहान कीर्तिपुर अस्पतालमा उपचाररत एसिड पीडित पवित्रा कार्कीलाई भेटेर १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको नेता सुदेश पराजुलीले जानकारी दिए।

उनलाई भेट्न सह–संयोजक तामाङ, नेताहरु सुदेश पराजुली, सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी र मेघनाथ चापागाई अस्पताल गएका थिए।
नेता पराजुलीले एसिड प्रहार गर्नेलाई कडाभन्दा कडा कारवाहीका लागि दबाब दिने जानकारी दिए।

“बलात्कार र एसिड आक्रमणका घटनामा संलग्न हुनेहरुलाई कडाभन्दा कडा कारवाही गर्ने कानुन ल्याउनुपर्छ,” उनले भने, “यसका लागि हामीले पनि दबाब सिर्जना गर्नेछौं।”

उनले एसिड प्रहारबाट घाइते युवतीको उपचारमा कमी हुन नदिन अनेरास्ववियुले पहल गर्ने बताए।

ती युवतीमाथि गत बिहीबार एसिड प्रहार भएको थियो।

प्रकाशित: Jul 27, 2020| 13:52 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।