बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाजुरामा स्थानीयको कुटपिटबाट स्वास्थ्यकर्मीको हात भाँचियो

बाजुरामा स्थानीयको कुटपिटबाट स्वास्थ्यकर्मीको हात भाँचियो

बाजुराको बुढीनन्दा नगरपालिका–२ स्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत एक जना स्वास्थ्यकर्मीमाथि आइतबार राति स्थानीय युवाहरुको समूहले आक्रमण गरेको छ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

काठमाडौं- बाजुराको बुढीनन्दा नगरपालिका–२ स्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत एक जना स्वास्थ्यकर्मीमाथि आइतबार राति स्थानीय युवाहरुको समूहले आक्रमण गरेको छ।

सीअहेव सिंहराज गिरीमाथि स्थानीय केशर भाटको नेतृत्वमा रहेको पाँच जनाको समूहले आक्रमण गर्दा गिरीको हात भाँचिएको स्वास्थ्य केन्द्र प्रमुख डा. राजुराज जैशीले जानकारी दिए। आकस्मिक कक्षमा रातिको समयमा खटिएका गिरीलाई स्वास्थ्य चेकजाँच गर्न भन्दै ज्यान मार्ने धम्की, गालीगलौजसँगै कुटपिट गरेको उनको भनाइ छ।

प्राथमिक स्वास्थ्य केन्द्रले आज प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कानुनबमोजिम कारवाही गर्न माग गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका बेला अनवरतरुपमा ज्यानको प्रवाह नगरी नागरिकको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि पटकपटक आक्रमण गरेको सुरक्षाको अनुभूति नभएको विज्ञप्तिमा उल्लेख छ।

दोषीलाई कारवाही नभएसम्म आकस्मिक सेवा र सुत्केरी सेवा बाहेकका अन्य सेवा सोमबारदेखि नै अनिश्चितकालका लागि बन्द गरिने विज्ञप्तिमा उल्लेख छ।

ड्युटीमा खटिएका स्वास्थ्यकर्मी गिरीलाई हातपात तथा कुटपिट गर्ने केशर भाटसहित पाँच जनाको नाममा सार्जजनिक तथा संक्रमण ऐन अनुसार मुद्दा दर्ता गरेको जैशी बताए।

घाइते भएका गिरीको उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रमुख डा. जैशीले बताए।

यसैबीच, स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा भाटलाई प्रहरीले पक्राउ गरेको छ। अन्य चार जना भने फरार छन्। ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण गरि घाइते बनाउनेलाई कानुनी दायरमा ल्याएर कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए।

 

प्रकाशित: Jul 27, 2020| 13:38 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।