बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जुम्लामा एमबीबीएस पढाइ नभए अनशन बस्ने डा. केसीको चेतावनी

जुम्लामा एमबीबीएस पढाइ नभए अनशन बस्ने डा. केसीको चेतावनी

चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले जुम्लामा एमबीबीएस पढाइ नभए अनशन बस्ने चेतावनी दिएका छन्।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

काठमाडौं– चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले जुम्लामा एमबीबीएस पढाइ नभए अनशन बस्ने चेतावनी दिएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस सञ्चालन हुनुपर्ने र गेटा मेडिकल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र जनशक्तिको पूर्ति गरी पठनपाठन सुरु गर्नुपर्ने माग उनको छ।

डा. केसीले २०७५ साउनमा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गरिनुपर्ने, शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा ७० सिट कायम हुनुपर्ने र त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने माग अघि सारेका छन्।

तीन साताभित्र आफ्ना माग पूरा नगरे सत्याग्रहको विकल्प नभएको डा. केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Jul 27, 2020| 12:38 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।