बुधबार, भदौ १०, २०८३

सरकारी चिकित्सक संघको निर्वाचन साउन २४ मा

सरकारी चिकित्सक संघ (गोादान)को साउन २४ मा हुने नयाँ कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । १५ सदस्यीय कार्यसमितिका लागि २९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

सरकारी चिकित्सक संघ (गोादान)को साउन २४ मा हुने नयाँ कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । १५ सदस्यीय कार्यसमितिका लागि २९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

अध्यक्षका लागि संघका वर्तमान महासचिव डा. रविन खड्का, डा. दिपक थापामगर र ट्रमाका अर्थाेपेडिक सर्जन डा. समाज गौतमले उम्मेदवारी दिएका छन् ।

त्यस्तै महासचिवमा डा. कीर्तिपाल सुवेदी र डा. विजयकुमार साहले उम्मेदवारी दिएका छन् । डा. सुवेदी परोपकार तथा प्रसूति गृहका प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा डा. रामप्रसाद थापा र डा. विजय थापाले उम्मेदवारी दिएका छन् । यस्तै, उपाध्यक्षमा डा. सुशील मोहन भट्टराई र डा. विप्लव घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा डा. रोशन भगत, डा. रामहरि दाहाल र विश्वनाथ अधिकारी उम्मेदवार बनेका छन् । कोषाध्यक्षका लागि डा. झुमा सिलवाल र डा. सुधा शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

नौ जना रहने सदस्य पदका लागि डा. सौगात पौडेल, डा किरण पाण्डे, डा सुशन भट्टराई, डा. विजय गुरुङ, डा. प्रकाश भट्टराई, डा. शरदचन्द्र बराल, डा. गौरव साह, डा. कुशल खनाल र डा. कपिल गौतम, डा. अर्चना केसी, डा. विजयकुमार मेहता, डा. इश्वरी खनाल, डा. हेमा जोशी, डा. सचिन यादव र डा. शेषराज घिमिरले उम्मेदवारी दिएका छन् ।

गोदानमा १४ सयभन्दा बढी सरकारी चिकित्सक आवद्ध छन् ।

प्रकाशित: Jul 27, 2020| 12:31 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।