बुधबार, भदौ १०, २०८३

गण्डकीमा थप २ जनालाई कोरोना संक्रमण

गण्डकी प्रदेशका थप दुई जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

काठमाडौं- गण्डकी प्रदेशका थप दुई जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार कास्की, पोखरा महानगरपालिकाका ३० वर्षीय महिला र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको विज्ञप्तिमा उल्लेख छ। उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण परीक्षण गरिएको थियो। 

गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार ३७७ पुगेको छ। यस्तै, त्यहाँ कोरोना निको हुनेको संख्या एक हजार २०१ पुगेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Jul 27, 2020| 12:17 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।