बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरा महानगरको आर्थिक अनियमिततामा कांग्रेसका वडाध्यक्षहरुको ध्यानाकर्षण

पोखरा महानगरको आर्थिक अनियमिततामा कांग्रेसका वडाध्यक्षहरुको ध्यानाकर्षण

पोखरा– पोखरा महानगरपालिकाको आर्थिक लगायतको अनियमितताप्रति नेपाली कांग्रेसबाट निर्वाचित भएका ११ वडाध्यक्षहरुले ध्यानाकर्षण गराएका छन् ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

पोखरा– पोखरा महानगरपालिकाको आर्थिक लगायतको अनियमितताप्रति नेपाली कांग्रेसबाट निर्वाचित भएका ११ वडाध्यक्षहरुले ध्यानाकर्षण गराएका छन् ।

सोमबार पोखरामा पत्रकार सम्मलेन गर्दै कांग्रेस निर्वाचित वडाध्यक्षहरुले महानगर भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका हुन् ।

नागरिकको अधिकारमाथि कुण्ठित गर्दै विकास आयोजनामा करोडौको हिनामिना भएको उनीहरुले उल्लेख गरेका छन् । आफूहरुले महानगर राम्रो बनाउने सवालमा पटकपटक सुझाव दिँदा समेत सुनुवाई नभएको वडाध्यक्षहरुको गुनासो छ ।

दलका नेता तथा सचेतक पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने, उपनेता तथा पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोला, उपनेता तथा पोखरा २ का वडाध्यक्ष रामेश्वर मल्ल, पोखरा ३, ६, १०, ११, १२, २३, २७ र ३२ का वडाध्यक्षहरु क्रमशः रविन्द्र बहादुर प्रजु, जगत पहारी, राजकुमार गुरुङ, मोहनप्रसाद बास्तोला, राम बहादुर कार्की, विष्णुप्रसाद पराजुली, पूर्ण कुमार गुरुङ, अक्कल बहादुर कार्कीको हस्ताक्षर रहेको विज्ञप्तिमा महानगरपालिकाको आर्थिक अनियमिततालाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।

पत्रकारको प्रश्नको जवाफ दिँदै दलका नेता तथा सचेतक रामराज लामिछानेले महानगरले कांगे्रसबाट निर्वाचित भएका वडाध्यक्षहरुको अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् । नेकपाबाट निर्वाचित भएका वडाध्यक्षहरु र कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्षहरुको अधिकारमा भेदभाव गरिएको उनको भनाइ छ ।

पृथ्वीचोकको बसपार्क निर्माणका लागि आफूहरुले २८१ पृष्ठको प्रतिवेदन महानगरलाई पेश गरेको तर सुनुवाई नभएको लामिछानेले बताए । उनले भने, ‘महानगर आफै काम दिन्छ । जिम्मेबारी पूरा गर्यो । त्यसपछि वास्ता गर्दैन ।’

निर्वाचित भएको तेस्रो वर्षसम्म उल्लेखिय काम हुन नसकेको वडाध्यक्षहरुको गुनासो छ ।

 

प्रकाशित: Jul 27, 2020| 12:08 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।