बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विराट नर्सिङ होममा कार्यरत थप ४ नर्समा कोरोना पुष्टि

विराट नर्सिङ होममा कार्यरत थप ४ नर्समा कोरोना पुष्टि

विराट नर्सिङ होममा कार्यरत थप चारजना नर्समा कोरोना भाईरस पुष्टि भएको छ ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

विराटनगर- विराट नर्सिङ होममा कार्यरत थप चारजना नर्समा कोरोना भाईरस पुष्टि भएको छ ।

अस्पतालका सञ्चालक एवं चिकित्सकमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट टे«सिङ्गका आधारमा गरिएको स्वाव संकलन र परीक्षणमा चारजना नर्समा पोजेटिभ देखिएको हो ।

नर्सिङहोममा कार्यरत चारजना नर्समा कोरोना पुष्टि भएसँगै विराट अस्पतालमा संक्रमणको जोखिम झनै बढेको छ । संक्रमित मध्ये एकजना कोशी अस्पतालमा समेत कार्यरत छन् ।

विराटनगर ५ र १० नम्बर वडा र कोशी अस्पताल बस्ने समेत गरि चारजना रहेको महानगरका फोकल पर्सन हैदर अलीले जानकारी दिए ।

अस्पतालका ५८ कर्मचारीको स्वाब संकलन गरिएको थियो । तीमध्ये चारजनामा संक्रमण पुष्टि भएको हो । अस्पतालमा २५० संख्यामा कर्मचारी रहेका छन् ।

प्रकाशित: Jul 27, 2020| 11:07 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।