बुधबार, भदौ १०, २०८३

कोरोनाको उच्च जोखिममा सुरक्षाकर्मी, २८९ संक्रमित

आइतबार एकै दिनमा ३२ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका १३ जना प्रहरी कर्मचारी र प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ जनामा संक्रमण पुष्टि भएको हो ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

काठमाडौं- आम नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने सुरक्षाकर्मीहरुमा कोरोनाको संक्रमण बढ्दै गएको छ । आइतबार एकै दिनमा ३२ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालका १३ जना प्रहरी कर्मचारी र प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रहरी प्रधान कार्यालयको सवारी महाशाखाका पाँच चालक, अन्य शाखाअन्तर्गतका तीन चालक, सञ्चार निर्देशनालयको मेसमा कार्यरत एक सहयोगीसहित दुई प्रहरी तथा डीआईजी र एसएसपीका दुई निजी चालक गरी १३ जनामा संक्रमण पुष्टि भएको छ ।

आइतबारै प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ र पछिल्लो एक सातामा झापाको काँकडभिट्टास्थित सीमा सुरक्षा बेसक्याम्पमा कार्यरत २० जनामा संक्रमण पुष्टि भएको थियो ।

शनिबार मात्रै इलाममा कार्यरत सशस्त्रका ५ र प्रहरीका एक जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

अहिलेसम्म २ सय ८९ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको सुरक्षा निकायहरुले जनाएका छन् । जसमा जनपथ प्रहरीका १ सय १९ जना छन् भने सशस्त्र प्रहरीका ९१ र नेपाली सेनाका ७९ जनामा छन् ।

संक्रमितमध्ये जनपथ प्रहरीका २४ जना उपचाररत छन् भने ९५ जना निको भएर फर्किएका छन् ।

सशस्त्र प्रहरीका २६ जना उपचारत छन् भने ६५ जना निको भएर फर्किएका छन् । नेपाली सेनाका ९ जनाको उपचार भइराखेको छ भने ७० जना निको भएका छन् ।

प्रकाशित: Jul 27, 2020| 09:09 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।