बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा कोरोनाबाट एकै दिनमा ५० हजार संक्रमित, ब्राजिलमा भन्दा दोब्बर !

भारतमा कोरोनाबाट एकै दिनमा ५० हजार संक्रमित, ब्राजिलमा भन्दा दोब्बर !

तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकै दिनमा आइतबार ५० हजार ५ सयभन्दा धेरेमा कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

काठमाडौं- तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकै दिनमा आइतबार ५० हजार ५ सयभन्दा धेरेमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दिनहुँ संक्रमणदर तिब्र गतिमा बढेको भारतमा एकै दिनमा यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो । यसअघि शनिबार ४८ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको थियो भने शुक्रबार ४८ हजार ८ सय ९२ जना संक्रमित थपिएका थिए ।

भारतमा पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको संंख्या ब्राजिलमा एकै दिनमा थपिएका संक्रमितको संख्याभन्दा दोब्बरले बढि छ। ब्राजिलमा पछिल्लो २४ घण्टामा २३ हजार ४ सय ६७ जनामा संक्रमण पुष्टि हुँदा भारतमा ५० हजार ५ सय २५ जना संक्रमित थपिएका छन् ।

लकडाउन खुलेसँगै भारतमा संक्रमण दर तिब्र गतिमा फैलिएको छ भने मृत्युदर पनि बढेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ७ सय १६ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा कोरोनाबाट १४ लाख ३६ हजारमा संक्रमण पुष्टि हुँदा ३२ हजार ८ सय १२ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jul 27, 2020| 07:55 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।