बुधबार, भदौ १०, २०८३

पर्सामा आइसोलेसन अभाव, २८ जना कोरोना संक्रमित घरमै

कोरोना संक्रमित समुदायमा फैलिएको भन्दै निषेधाज्ञा जारी भएकै बेला अहिले संक्रमितहरू फेला पर्दै गएका हुन् । कोरोना संक्रमित बढ्दै गएपछि वीरगंजमा आइइशोलेसनको अभाव भएको छ ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

पर्सा- नयाँ संक्रमित थपिएसँगै पर्सामा आइसोलेसन अभाव देखिएको छ।

आइसोलेसन अभाव भएपछि नयाँ संक्रमितलाई कहाँ राख्ने भन्नेबारे अन्योल भएको गण्डक कोभिड अस्थायी अस्पतालका चिकित्सक बताउँछन्।

पछिल्लो पटक पर्सामा ७ स्वास्थ्यकर्मीसहित १९ जनामा कोरोना संक्रमण देखिएको छ। थपिएका संक्रमितमध्ये पर्सागढी क्वारेन्टिनमा खटिएका दुई महिला र तीन पुरूष स्वास्थ्यकर्मी छन्। यस्तै, नारायणी अस्पताल र गण्डक कोभिड अस्थायी अस्पतालका १/१ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिएको छ।

स्थानीय संक्रमितमध्ये वीरगन्ज-६, माइस्थानका ३, बहुअरी-१४ का २, तथा राधेमाइ-११, छपकैया-२, मिथिलानगर-१६, आददर्शनगर-१० र पर्सागढीका १/१ जना छन्। तीमध्ये ९ जनाले पैसा तिरेर पीसीआर परीक्षण गराएको नारायणी अस्पतालले जनाएको छ।

समुदायमा कोरोना संक्रमण फैलिएको भन्दै निषेधाज्ञा जारी भएका बेला नयाँ संक्रमित फेला परेका हुन्। उनीहरुको साउन ७, ८, ९ र १० गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। 

वीरगन्जमा २८ संक्रमित घरमै छन् भने ५४ जना गण्डक कोभिड अस्पतालमा उपचाररत छन्।

 

प्रकाशित: Jul 27, 2020| 06:14 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।