बुधबार, भदौ १०, २०८३

ठगी आरोपमा चार जना पक्राउ

पर्वतमा ठगी आरोपमा चार जना आज पक्राउ परेका छन्।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौं- पर्वतमा ठगी आरोपमा चार जना आज पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्वत, फलेवास नगरपालिका ५, खानीगाउँका ४० वर्षीय ४० निर्मल बिक, उनकी पत्नी ३६ वर्षीया गुमा बिक, बागलुङ, बागलुङ नगरपालिका १४ घर भइ पर्वत, जलजला गाउँपालिका ३ मा डेरा गरि बस्ने ३५ वर्षीय मञ्जिल शाह र म्याग्दी, बेनी नगरपालिका २, ज्यामरुक घर भइ सोही नगरपालिकाको वडा नम्बर ७, हुलाक चोकमा डेरा गरि बस्ने २४ वर्षीय मनिष बोहोरा छन्।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार अभियुक्त निर्मलले बुटवल बस्ने १ जनालाई आफूसँग बहुमूल्य ढुंगा (बल्ने पत्थर) भन्दै लोभ्याएर बयानास्वरुप पैसा लिएका छन्।

पीडित व्यक्तिले उक्त पत्थरको बेचबिखन अवैधानिक भएको थाहा पाएपछि जाहेरी दिएको प्रहरीले जनाएको छ।

उनीहरुमाथि अनुसन्धान गर्न जिल्ला अदालतले १० दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 26, 2020| 21:04 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।