बुधबार, भदौ १०, २०८३

गण्डकीमा ३ जना संक्रमित थपिए, ४९ निको भए

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौं- गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बेलुका जारी गरेको प्रेस विज्ञप्ति अनुसार नवलपरासी पूर्वका दुई तथा कास्कीका एक जनामा संक्रमण देखिएको छ। थपिएका संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ।

यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार ३७५ पुगेको छ।

यस्तै, गण्डकीमा आज ४९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार १९४ पुगेको छ।

प्रकाशित: Jul 26, 2020| 19:10 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।