काठमाडौं– बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण भएको छ।
काठमाडौंमा आठ, नुवाकोटमा एक र मकवानपुरमा एक जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। योसहित बागमतीमा कोरोना भाइरस संक्रमितको संख्या ९२३ पुगेको छ।
संक्रमितमध्ये ४६८ जनालाई निको भएको छ भने ४४५ जना उपचार गराइरहेका छन्। यस्तै प्रदेशमा कोरोना भाइरसबाट १० जनाको ज्यान गएको छ।
आइतबारसम्म काठमाडौंमा २८६, ललितपुरमा ८२ र भक्तपुरमा ५१ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
यस्तै रसुवामा ११, नुवाकोटमा ३७, धादिङमा १३० र चितवनमा १२२ जनामा कोरोना संक्रमण भएको छ। सिन्धुलीमा २४, मकवानपुरमा ४५, रामेछापमा ३५, दोलखामा १० काभ्रेमा २१ र सिन्धुपाल्चोकमा ६९ जना संक्रमित भएका छन्।
यसमध्ये संक्रमित ११ जना अस्पतालबाट डिस्चार्ज भएपछि रसुवा कोरोनामुक्त भएको छ।