काठमाडौं– सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याल तोकिएका छन्।
संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचार तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयमा सूचना प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्याललाई मोबाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने बलले स्पष्ट पारेको छ।