बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम : विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टिनमा राख्न निर्देशन

सुदूरपश्चिम : विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टिनमा राख्न निर्देशन

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले विदेशबाट नेपाल भित्रिएका सबै व्यक्तिलाई अनिवार्य संस्थागत क्वारेन्टिनमा राख्न प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौं– सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले विदेशबाट नेपाल भित्रिएका सबै व्यक्तिलाई अनिवार्य संस्थागत क्वारेन्टिनमा राख्न प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ।

निर्देशक डा. गुणराज अवस्थीले जारी गरेको परिपत्रमा क्वारेन्टिनमा ५ दिन पूरा भएका सबै मानिसको स्वाब छैटौं दिनमा संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढी वा डडेल्धुरा अस्पतालमा पठाउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

त्यस्तै स्वाब जाँचको नतिजा प्राप्त भएपछि मात्र नतिजाका आधारमा पोजिटिभ भएमा १४ दिन क्वारेन्टाइनमा अथवा आइसोलेसनमा बस्ने व्यवस्था मिलाउनुपर्ने र नेगेटिभ नतिजा आएमा थप ७ दिन होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउन सकिने निर्देशन दिइएको छ।

२ साउन २०७७ मा प्रकाशित होम क्वारेन्टिनको निर्देशिकाअनुसार नेपालबाहिरबाट आएका व्यक्तिहरुलाई सुदूरपश्चिम प्रदेशका केही स्थानीय तहले संस्थागत क्वारेन्टाइनमा नराखी होम क्वारेन्टिनमा पठाइरहेको सूचना प्राप्त भएको भन्दै स्वास्थ्य निर्देशनालयले निर्देशन जारी गरेको हो।

कोभिड– १९ को संक्रमण समुदायस्तरमा फैलिन सक्ने सम्भावना रहने र हालै देखापरेका कोभिड संक्रमितमा लक्षणसमेत देखा पर्न थालेकाले अनिवार्य संस्थागत क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न परिपत्र गरिएको निर्देशनालयले जनाएको छ।

प्रकाशित: Jul 26, 2020| 18:29 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।