बुधबार, भदौ १०, २०८३

उच्च अदालतका न्यायाधीशलाई कोरोना भाइरस संक्रमण

उच्च अदालत जनकपुरधामको राजविराज इजलासका एक न्यायाधीशलाई कोरोना भाइरस संक्रमण भएको छ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौं– उच्च अदालत जनकपुरधामको राजविराज इजलासका एक न्यायाधीशलाई कोरोना भाइरस संक्रमण भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले न्यायाधीशलाई कोरोना संक्रमण भएको पुष्टि गरे।

तीन दिनअघि उच्च सरकारी वकिल कार्यालयका प्रमुखमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो। उनी संक्रमित देखिएपछि सरकारी वकिल कार्यालयका साथै अदालतका न्यायाधीश र कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो।

ती न्यायाधीश होम आइसोलेसनमा बसेका छन्। ५८ वर्षीय न्यायाधीशमा कसरी संक्रमण भयो भन्ने खुलिसकेको छैन।

 

प्रकाशित: Jul 26, 2020| 17:28 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।