बुधबार, भदौ १०, २०८३

हत्या आरोपित श्रेष्ठ साढे आठ वर्षपछि पक्राउ

हत्यामा दोषी ठहर भएका एक व्यक्ति साढे ८ वर्षपछि पक्राउ परेका छन्।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

धनगढी- हत्यामा दोषी ठहर भएका एक व्यक्ति साढे ८ वर्षपछि पक्राउ परेका छन्।

धनगढी उप–महानगरपालिका–१ का सुरेन्द्र सिंहको हत्यामा संलग्न वडा नम्बर ८ का सुवर्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

श्रेष्ठलाई धनगढी उप–महानगरपालिका–९ मा लुकेर बसेको अवस्थामा शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।

बि.स. २०६८ साल मंसिर १८ गते धनगढीको दुर्गा मन्दिरमा लागेको मेला हेर्न गएको समयमा सुवर्ण श्रेष्ठसहित दुई जनाले सुरेन्द्रबहादुर सिंहलाई कुटपिट गरेर घाइते बनाएका थिए। सिंहको उपचारका क्रममा मृत्यु भएको थियो। सोही समयदेखि श्रेष्ठ फरार थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले सिहलाई कुटपिट गरी घाइते बनाउनेमध्येका श्रेष्ठलाई ८ वर्ष ७ महिनापछि पक्राउ गरिएको बताए।

कुटपिटपछि दायर भएको कर्तव्य ज्यान मुद्दामा श्रेष्ठ सहितका दुईजनालाई प्रतिवादी बनाइएको थियो। कैलाली जिल्ला अदालतले दुवैजनालाई जन्म कैदको सजाय सुनाएको थियो।

श्रेष्ठलाई आज जिल्ला अदालत कैलालीमा पेस गरिएको प्रहरी नायव उपरीक्षक बिष्टले बताए।

प्रकाशित: Jul 26, 2020| 17:22 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।