बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा २८ जनामा कोरोना पुष्टि, दैलेखमा मात्रै २५ थपिए

कर्णालीमा २८ जनामा कोरोना पुष्टि, दैलेखमा मात्रै २५ थपिए

कर्णाली प्रदेशमा आज २८ जना कोरोना संक्रमित थपिएका छन्।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा आज २८ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल र पुशपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरीएको परीक्षणमा ४ जना र दैलेख अस्पतालको प्रयोगशालामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये २५ जना दैलेखका छन्। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार नारायण नगरपालिका वडा नं. १, ४ र ५ का ४–४ जना, वडा नं. २ का २ जना, वडा नं. ८ का ७ जना, वडा नं. ९, ११, १२ र दुल्लु नगरपालिका वडा नं. ५ का १-१ जना छन्।

त्यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. १२ का २ जना र पञ्चपुरी नगरपालिका वडा नं. ५ का १ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ८७९ जना पुगेको छ।

त्यस्तै आजै दैलेख अस्पतालबाट ३ जना, सुर्खेतको प्रदेश अस्पताल र लेखबेशी आइसोलेसनबाट १-१ जना गरी ५ जना डिस्चार्ज भएका छन्।

योसँगै संक्रमितमध्ये १ हजार ६४४ जना डिस्चार्ज भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

प्रकाशित: Jul 26, 2020| 17:16 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।