बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनशनरत व्यक्तिको जीवनरक्षा गर्न मानवअधिकार आयोगको आग्रह

अनशनरत व्यक्तिको जीवनरक्षा गर्न मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनशनरत दुई जनाको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनशनरत दुई जनाको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

आयोग प्रवक्ता सचिव वेद भट्टराईले विज्ञप्ति जारी गर्दै सार्थक संवाद र यसअघिको सम्झौता कार्यान्वयन गरी समस्या समाधान गर्न आग्रह गरेका हुन्।

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बाट नेपालसमेत प्रभावित भएको अवस्थामा यसको रोकथामका लागि सरकारद्वारा पीसीआर परीक्षणलाई तीव्रता दिनुपर्ने तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अनशनरत युवाबीच गत असार २२ गते भएको सम्झौता कार्यान्वयन हुनपुर्ने लगायतका माग राखी दुई जना ९ दिनदेखि आमरण अनशनमा छन्।

आयोग टोलीले आइतबार वसन्तपुर क्षेत्रस्थित अनशनस्थल पुगेर अनशनरत युवाको माग तथा स्वास्थ्य अवस्थाबारे पुनः अनुगमन गरेको छ। अनशनका कारण समिरा श्रेष्ठको स्वास्थ्यमा समस्या देखिन थालेको आयोगले जनाएको छ।

यसअघि आयोगले गत असार १७ गते पनि अनशनरत व्यक्तिहरुको सम्बन्धमा पाटनमा स्थलगत अनुगमन गरेको थियो।

आयोगले अनशनरत व्यक्तिको स्वास्थ्यसम्बन्धी न्यायोचित माग सम्बोधन गरी जीवनको अधिकार रक्षा गर्न र समस्या समाधानका लागि संवादलाई जोड दिन अनुरोध गरेको छ।

 

प्रकाशित: Jul 26, 2020| 17:15 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।