बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिका जाने लोभमा युवतीबाट यसरी ठगिए भक्तपुरका युवा

अमेरिका जाने लोभमा युवतीबाट यसरी ठगिए भक्तपुरका युवा

भक्तपुरका एक युवकलाई कोपिला शर्माको नामबाट फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो। युवकले नचिनेको नामबाट आएको रिक्वेस्ट एसेप्ट गरेनन्। त्यसपछि कोपिलाले म्यासेज गर्न थालिन्।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौं– भक्तपुरका एक युवकलाई कोपिला शर्माको नामबाट फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो। युवकले नचिनेको नामबाट आएको रिक्वेस्ट एसेप्ट गरेनन्। त्यसपछि कोपिलाले म्यासेज गर्न थालिन्।

टिकटकमा समेत फलो गरेर ‘तपाईंको फ्यान हुँ, तपाईं सारै राम्रो हुनुहुन्छ’ जस्ता म्यासेज युवकको म्यासेन्जरमा आउन थाले।

हेर्दा सुन्दर देखिने ती युवतीको युवकले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरे। आफू अमेरिकी डिभी परेको युवती भएकाले बिहे गरी अमेरिका लैजान चाहेको भन्दै म्यासेज गर्न थालिन्।

लकडाउनका कारण आफू अमेरिका जान नसकेर नेपालमै डिपार्टमेन्टल स्टोर खोल्ने तयारीमा रहेको र त्यसमा पार्टनर बनाउने भन्दै युवतीले पैसा माग्न थालिन्।

युवतीको म्यासेज देखेर फुरुङ्ग बनेका युवकले पटकपटक गरी पाँच लाख रुपैयाँ पठाए। पाँच लाख हात पारिसकेपछि कोपिला सम्पर्कविहीन बनिन्, तबमात्र युवकले आफू ठगीमा परेको चाल पाए।

‘ठगिएका युवक उजुरी लिएर प्रहरीमा पुगेपछि उक्त पोल खुलेको हो,’ महानगरीय प्रहरी अपराध महाशाखाका एसपी ईश्वर कार्कीले भने।

बाग्लुङ काठेखोला गाउँपालिका–२ घर भई भक्तपुर सूर्यविनायकस्थित रोज भिलेज कोलोनीमा बस्ने २७ वर्षीया कोपिला र सोही ठाउँकी १९ वर्षीया अमिसा केसीले योजनाबद्ध ढंगले युवकलाई ठग्ने गरेको खुलेको छ।

काठमाडौंमा ठगेर बुटवलमा लुकिछिपी बसेका दुई जनालाई महाशाखाको टोलीले पक्राउ गरेको हो। उनीहरु दुई जनाले ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।

कोपिलाले आफ्नो बुवाको नाममा फेक आईडी बनाएर ढुकुटीको पैसा तिर्ने बहाना बनाई ठगी गरेको समेत खुलेको एसपी कार्कीले बताए।

‘कोपिलाले आफूलाई डिभी परेको बिहे गरी अमेरिका लैजाने भन्दै प्रलोभनमा पारेर विहे गरेको समेत खुलको छ,’ कार्कीले भने, ‘उनले ठगी गरेको खुलेपछि सम्बन्ध बिग्रिएर पतिले छोडेको रहेछ।’

यस्तै अमिसाले पनि आफू अमेरिकाको डिभी होल्डर भनेर विश्वासमा पारी भक्तपुरकी एक युवतीसँत मित लगाएर उनैको बाबुबाट एक लाख ६० हजार रुपैयाँ गठेको प्रहरीले जनाएको छ।

छोरीसँग मितेरी लगाई अमेरिका लैजान्छु भन्दै पैसा ठगेको खुलेको छ। साथै उनले निक्की पौडेलको नाममा फेक आईडी बनाएर एक जना फिल्मी क्षेत्रका मानिसलाई समेत ठग्न खोजेको प्रहरीले जनाएको छ।

आफूसँग विहे गरे अमेरिका लैजाने भनेर ठग्न खोजेको भन्दै युवक पनि अपराध महाशाखा पुगेका छन्। ‘हेर्दा दुबै जना निकै राम्रा देखिन्छन्, त्यसमाथि डिभी परेको भनेपछि युवकहरु सजिलै प्रलोभनमा परिहाल्छन्,’ कार्कीले भने, ‘अरु कुनै आम्दानी नभएका उनीहरु कोलोनीमै बस्ने भएकाले थुप्रैलाई ठगेको अनुमान छ।’

माहाशाखाले उनीहरुलई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत ठिमीमा पठाएको छ।

प्रकाशित: Jul 26, 2020| 16:33 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।