काठमाडौंमा आज (आइतबार) कोरोना भाइरसका ८ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
भक्तपुर र ललितपुरमा भने आज संक्रमित थपिएनन्।
आज थपिएका सहित काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४१९ पुगेको छ।
यीमध्ये काठमाडौंका २८६, भक्तपुरका ५१ र ललितपुरका ८२ जना छन्।
हिजो शनिबार काठमाडौंका दुई जना र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको थियो।