बुधबार, भदौ १०, २०८३

पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर १३० जनामा कोरोना पुष्टि भएको छ। यो सहित हालसम्म नेपालमा कोरोना पुष्टि हुनेको कुल संख्या १८ हजार ६१३ पुगेको छ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १३० जनामा कोरोना पुष्टि भएको छ। यो सहित हालसम्म नेपालमा कोरोना पुष्टि हुनेको कुल संख्या १८ हजार ६१३ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर ७५ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १३ हजार १२८ पुगेको छ।

हाल नेपालमा कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेका व्यक्तिको संख्या ५ हजार ४४० रहेको छ।

अहिले देशभरका विभिन्न क्वारेन्टिनमा १७ हजार ९०३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने व्यक्तिको संख्या ४५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ३ लाख ४२ हजार ४५७ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। त्यस्तै ३ लाख १२ हजार ४०२ जनाको आरडीटी परीक्षण गरिएको छ।

प्रकाशित: Jul 26, 2020| 16:24 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।