बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘इनफ इज इनफ ग्रुप’द्वारा अर्थमन्त्री र सचिवविरुद्ध अख्तियारमा उजुरी

‘इनफ इज इनफ ग्रुप’द्वारा अर्थमन्त्री र सचिवविरुद्ध अख्तियारमा उजुरी

‘कोभिड–१९ नेपाल : इनफ इज इनफ’ ग्रुपका अभियन्ताहरुले अर्थमन्त्री र मन्त्रालयका सचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

‘कोभिड–१९ नेपाल : इनफ इज इनफ’ ग्रुपका अभियन्ताहरुले अर्थमन्त्री र मन्त्रालयका सचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।

उनीहरुले कोभिड–१९ व्यवस्थापनमा देखिएको अनुगमनको हेलचेक्र्याइँ र अनियमितताको छानबिन गर्नुपर्ने माग राखेर अख्तियारमा उजुरी दिएका हुन्।

ग्रुपका ५० जना सदस्यमध्ये १२ जनाको प्रतिनिधिमण्डलले सो मुद्दा दर्ता गराएको हो। ग्रुपले अख्तियारको टंगालस्थित कार्यालयमा पुगेर अर्थमन्त्री डा. युवराज खतिवडा र सचिव शिशिर ढुंगानाको सम्पत्ति छानबिन गर्न माग गर्दै निवेदन दर्ता गराएको छ।

उजुरीमा भाइरसको रोकथामका नाममा चीनबाट आयात गरिएको सामान कमसल रहेको भन्दै अनियमितताको अध्ययन गर्न भनिएको छ।

साथै ओम्नी ग्रुपका सञ्चालक, अध्यक्ष, सीईओ दुर्गाप्रसाद बेल्वासे, भानुभक्त भट्टराई र तुलहरि सिंहको सम्बन्ध उपप्रधनमन्त्री ईश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग रहेको भन्दै सो बारेमा छानबिन गर्नुपर्ने उजुरीमा उल्लेख छ।

प्रकाशित: Jul 26, 2020| 16:18 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।