बुधबार, भदौ १०, २०८३

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

काठमाडौंको कलंकी क्षेत्रमा लुकिछिपी बस्दै आएका ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ४७ वर्षीय राजेन्द्रकुमार महर्जनलाई आज पक्राउ गरेको हो।

उच्च अदालत पाटनले २९ माघ २०७६ मा महर्जनलाई बैंकिङ कसूर मुद्दामा १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो।

उनी अदालतको फैसला आएदेखि नै फरार रहेका थिए। महर्जनले नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको जानेरै ५ भदौ २०७५ मा चेक कृष्णभक्त महर्जनलाई दिएका थिए।

झुक्काएर चेक दिएपछि उनीविरुद्ध कृष्णभक्त महर्जनले बैंकिङ कसूरमा जाहेरी दर्ता गराएका थिए।

 

प्रकाशित: Jul 26, 2020| 15:56 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।