धनगढी– सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार दुई सय २६ पुगेको छ । सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ४६ जनामा गरीएको परीक्षणमा अछामको पञ्चदेवल बिनायका १४ जना, बाजुराको खप्तड छेडेदह वडा नम्बर १ का दुई जना र वडा नम्बर ६ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आज पुष्टि भएका मध्ये तीन महिला र १४ पुरुष रहेका छन् । बाजुराको खप्तड छेडेदह वडा नम्बर ६ का कोरोना संक्रमित ११ बर्षिय बालक रहेको सूचना अधिारी श्रेष्ठले बताए ।